आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि एमाले सरकार – एकालाल श्रेष्ठ
मकवानपुर। मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि एमालेको विकल्प नभएको बताएका छन् ।
मंगलबार हेटौंडा १४ मा आयोजना भएको घरदैलो पछिको कोणसभामा बोल्दै उम्मेदवार श्रेष्ठले एमाले नेतृत्वको सरकारको खोजि भईरहेको बताएका छन् ।
काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारका कारण मुलुक संकटमा परेकोले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको स्पष्ट पारेका हुन् ।
उनले भने ‘काङ्ग्रेस नेतृत्वको गठबन्धनको कारणले मुलुक संकटतर्फ जादैछ, आर्थिक गतिविधि ठप्प छन्, वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या बढीरहेको छ, कृषकहरुले मल बीउ पाएका छैनन् यी सबै समस्या हल गर्न एमाले नेतृत्वको सरकार गठन गर्नु आवश्यकता हो ।’ नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति एमाले रहेको भन्दै उनले देश भित्रको आवश्यकताले नेकपा (एमाले) को नेतृत्व खोजी गरेको धारणा राखेका राखेका छन् ।







