कैलाशका लामा गुरुहरुले बर्तौलालाई दिए आर्शिवाद

अखबार हब
२०७९ कार्तिक २२, मंगलवार २१:०४

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–९ घैराङ् स्थित बोकर थार्पा छ्योईलिङ गुुम्बाका लामाहरुले नेकपा एमालेतर्फबाट मकवानपुर क्षेत्र नम्वर–२ का उम्मेदवार महेशकुमार बर्तौलालाई आर्शिवाद दिएका छन् ।

कैलाशका लामाहरुले सबै प्राणीलाई लागेको भोक , रोग , दुःख, कष्ट र बिरामी नाश गर्न र विभिन्न मृतक आत्माको शान्तिका लागि कामना गर्दै आयोजना गरेको विश्व शान्ति पुजाको क्रममा गुम्बामा पुगेका बर्तौलालाई लामा गुरुहरुले वाङ अविशेष दिदै कैलाशमा पर्यटन प्रवद्र्धनका रुपमा गुम्बा निर्माण गर्न र सडक स्तरीकरण गर्न आग्रह गरेका थिए ।

गुरुहरुको प्रतिक्रिय लिदै बर्तौलाले आफु निर्वाचित भएर गइसकेपछि तामाङ समुदायको संम्प्रदायहरु जोगाएर गुम्बा निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लामा गुरुहरुले बर्तौला स्थानीय नामटारबासी नै भएकाले उनलाई समर्थन गर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*