देशको भविष्य बदल्न स्वतन्त्र पार्टीको जीत आवश्यक : पराजुली

अखबार हब
२०७९ कार्तिक २२, मंगलवार २०:५१

मकवानपुर । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका भरत पराजुलीले देशको भविष्य बदल्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जीत आवश्यक रहेको बताएका छन् ।

आज हेटौंडामा पार्टीले आयोजना गरेको चुनावी आमसभामा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । ‘हामीले धेरै सोचेर विचार गरेर हामीले हाम्रो भविष्य बदल्न राष्ट्रिय स्वतन्त्र पार्टीको निति विधान र यसको काम गाउँ गाउँ पुर्यान जरुरी छ ।’– उनले भने ।

देशमा भ्रष्टाचार बढ्यो, कुरीति बढ्यो र यसलाई समाप्त गर्न भई रहेका दलहरुबाट सम्भव नभए पछि यो देशमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको हो र रवी लामिछाने जस्तो व्यक्तित्व आवश्यक रहेको बताएका छन् ।

उनले मंसिर ४ गते हुने निर्वाचनमा विश्वास गरि देशमा ठुलो परिवर्तण हुने सक्ने बताउँदै परिर्वतणको निम्ती सम्पूर्णको साथ र सुवेक्षा रहनेमा आफु विश्वस्त रहेको बताए । सम्पूर्ण आफन्त र घर घरमा स्वतन्त्रपार्टीलाई मत दिई विजयी गराउँन समेत उनले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*