हेटौंडामा छिन्तुको घरदैलो अभियान
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेद्वार प्रेमबहादुर पुलामी छिन्तुको मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ मा घरदैलो अभियान तथा चुनावी सभा हुने भएको छ ।
एक चरण मकवानपुरको पूर्वी क्षेत्रहरुको चुनावी अभियान सकाएर पुलामी हेटौंडा नगर प्रवेश गर्नुभएको हो । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा घरदैलो र ११ बजे १८ नम्बरमा चुनावी सभा गरिने पुलामीले जानकारी दिनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बागमती र बकैया गाउँ पालिकाको अधिकांश वडामा पुगेर मतदातासंग भेटघाट गर्नुभएका उम्मेद्वार पुलामीले मंगलबार र बुधबार हेटौंडा नगरको ३ वटा वडामा घरदैलो अभियान तथा चुनावी सभाहरु गर्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य जीवन गोलेले जानकारी दिनुभयो । पुलामीको जित सुनिश्चित रहेको गोलेको भनाई छ । २ पटक सांसद भैसक्नु भएका अनुभवी र विकासप्रेमी नेताको रुपमा परिचित पुलामीलाई मतदान गरि बिजयी गराउन उहाँले आग्रह गर्नुभयो । बागमती गाउँपालिकामा जन्मनु भएका उम्मेद्वार पुलामी मकवानपुरको पूर्र्वी क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ ।
बागमती र बकैया क्षेत्रमा नेकपा माओवादी केन्द्रको राम्रो पक्कड रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय गौतमको दावी छ । बकैया र बागमती गाउँ पालिकामा माओवादी केन्द्रको बलियो उपस्थिति, गठबन्धनको मत र हेटौंडा नगरको १६, १७ र १८ को मत सङ्ख्या हेर्दा पुलामीको जित सुनिश्चित रहेको गौतमको दावी छ । नेकपा माओवादी केन्द्र मकवानपुरको लामो समय नेतृत्व गर्नुभएको कारण हेटौंडा नगरमा पनि पुलामीको राम्रो पहुँच र लोकप्रियता रहेको गौतमको भनाई छ । “बागमतीमा जन्मनु भएपनि पार्र्टी नेतृत्वको जिम्मेवारी रहेको कारण पुलामी हेटौंडा नै बस्नुभयो । नगरमा पनि उहाको राम्रो पक्कड छ ।” चुनावी अभियानमा रहनुभएका केन्द्रीय सदस्य गौतमले भन्नुभयो । उहाँले १ नम्बर क्षेत्र अन्तर्गत परेको हेटौंडा उपमहानगरपालिकाको वडाहरुबाट पनि पुलामीले सर्वाधिक मत ल्याउने बताउनुभयो । पुलामी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको उपाध्यक्ष पनि हुनुहुन्छ ।
निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभामा नेपाली काग्रेसको तर्फबाट लोकप्रिय उम्मेद्वार महालक्ष्मी उपाध्याय (डिना) को उम्मेद्वारी रहेको छ । नेपाली काग्रेसको केन्द्रीय नेतृत्वमा बलियो पक्कड बनाउनु भएकी उपाध्याय शक्तिशाली महिला नेतृत्वको रुपमा परिचित हुनुहुन्छ । यसअघि जलस्रोत राज्यमन्त्री भैसक्नुभएका उपाध्याय मकवानपुरमा ईमानदार, शालिन र विकासप्रेमी नेताको रुपमा स्थापित हुनुहुन्छ । केन्द्रीय राजनीतिमा बलियो उपस्थिति जनाउन सक्ने मकवानपुरको ससक्त महिला नेतृत्वलाई जिताउन सबैजनाले मेहनत गर्न केन्द्रीय सदस्य गौतमले आग्रह गर्नुभयो ।







