मनहरीमा बसको ठक्करबाट मोटरसाइकल चालक गोलेको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरीमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मनहरी –६ सुनाचुरीमा काकरभित्ताबाट काठमाडौं तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३ – ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चाललको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मनहरी–६ नयाँबस्तीका अन्दाजी २९/३० बर्षीय अविनाश गोले रहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले बताएका छन् । गोलेको घटनास्थलमै ज्यान गएको जनाइएको छ । बस प्रहरी चौकी सुनाचुरीको नियन्त्रणमा रहेको र बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको प्रहरीले बताएको छ ।







