थाहा फोटो प्रदर्शनी सम्पन्न,१३ हजारले गरे अवलोकन

अखबार हब
२०७९ कार्तिक २१, सोमबार १०:२७

मकवानपुर । थाहा नगरपालिकाको आयोजनामा काठमाडौंको बसन्तपुर डबलीमा भएको फोटो प्रदर्शनीमा करिब ६ सय बिदेशीसहित करिब १३ हजार जनाले अवलोकन गरेका छन् ।

थाहा नगर र इन्द्रसरोबर आसपासका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका करिब एक सय ओटा फोटोको यही कात्तिक १८ गतेदेखि प्रदर्शनीमा राखिएको थियो ।

फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको बिकासलाई टेवा पुगेको नगर प्रमुख बिष्णु बहादुर बिष्टले बताए ।

प्रदर्शनीमा राखिएका मध्ये १५ वटा फोटो जर्मन न्युजिल्यान्ड र उक्रेनका पर्यटनकले खरिद गरे भने ५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम ब्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादब जंग रायमाझीले जानकारी दिए । उनले फोटो प्रदर्शनी सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

तीन दिनसम्म भएको प्रदर्शनीमा राखिएका फोटोहरु अत्यन्तै उत्साहपुर्वक ढंगले भब्यरुपमा सम्पन्न भएको र आफ्नो मेहनतको उपलब्धि मिलेको फोटोग्राफर गणेश बिष्टले बताए । उनले यस प्रदर्शनीले आफुले धेरै कुरा सिक्ने अवसर मिलेको बताएका छन् ।

फोटोप्रदर्शनीको १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*