मेयर लामले अभद्र व्यवहार गरेको भन्दै घर जग्गा व्यवसायी आक्रोशित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा आफ्ना समस्यासहित ध्यानाकर्षण गराउन पुगेका प्रतिनिधिहरू माथि अपशब्द तथा अभद्र व्यवहार गरेको भन्दै मकवानपुर घर जग्गा व्यवसायी संघले मेयर मिना लामाको घोर भर्त्सना गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै घर जग्गा व्यवसायीको समस्या लिएर पुगेका मकवानपुर घर जग्गा व्यवसायी संघका अध्यक्ष ध्रव घिमिरे र सल्लाहकार हेम अधिकारीलाई आफ्नै कार्यकक्षमा अपशब्द प्रयोग गरि अभद्र व्यवहार गरेको भन्दै मेयर लामाको यस किसिमको कार्य शैली प्रति भर्त्सना गरेको हो ।
‘हेटौंडा उपमहानगरपालिकाका सबै वडा कार्यालय बाट जग्गा वर्गीकरण सम्बन्धी आवश्यक सिफारिस प्राप्त भई नगरकार्यपालिका बाट समेत कात्तिक ४ गते हेटौंडा नगर भित्रका जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गरि नापी –मालपोत कार्यालयमा कार्यन्वयनको लागि पत्राचार गर्नु पर्नेमा विभिन्न कारण देखाई आलटाल गरिएको अवस्थाका बारेमा ध्यानाकर्षण गराउँने उद्देश्यले नगर प्रमुखलाई भेट्न जाँदा आफ्नै कार्यकक्षमा मेयर लामाले संघका प्रतिनिधि माथि अपशब्दसहित अभद्र व्यवहार गरेको विज्ञप्तिमा भनिएको छ ।
मेयर जस्तो सम्मानित पदमा रहेको व्यक्तिबाटै सेवालीन आएका सेवाग्राही माथि गरिने यस्ता अमानवीय र आपत्ति जनक व्यवहार सच्याउँदै क्षमायाचना गर्न मेयर लामालाई संघले आग्रह गरेको छ ।
मेयर लामाले भने आफुले उनीहरुमाथि कुनै किसिमको अपशब्द अभद्र ब्यवहार नगरेको दाबी गरिन् । निर्वाचन आचारसंहिताको कारण जग्गा बर्गिकरणको कुनै काम गर्न नमिल्ने उनले बताइन् । ‘यो जग्गाको केशमा आचारसहिता लाग्छ, भन्दा कुरा बुझ्नु भएन, सामान्य भनाभन मात्रै भएको हो’ उनले भनिन् ‘मैले कुरा बुझाए, उहाँहरुले कुरा बुझ्नुभयो, त्यस्तो नराम्रो केहि भएको छैन ।’
विज्ञप्ति








