मनहरी बासीले गरे भतर पराजुलीको भव्य स्वागत

अखबार हब
२०७९ कार्तिक १८, शुक्रबार २१:२२

मकवानपुर । मंसिर–४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नं.२ बाट उम्मेदवार बनेका भरत पराजुलीलाई मनहरी बासीले भव्य स्वागत गरेका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नम्बर ४ का स्थानीयले पराजुलीको भव्य स्वागत गरेका हुन् ।

मनहरीको मसिनेमा स्थानीयहरुले नाटकसहित सन्धाकालिन लाइभ म्युजिक कार्यक्रमको आयोजना गर्दै पराजुलीको स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै उनले आफुलाई आफु जन्मेको हुर्केको ठाउँका जनताले गरेको यस किसिमको मायाले उत्साहित भएको बताएका छन् । सधै पर्यटक उम्मेदवारलाई जिताएर पठाउँदा यस ठाउँको विकास हुन नसकेको बताउँदै आफु स्थानीय नै यो पटकको निर्वाचनमा उम्मेदवार बनेको बताएका छन् । उनले आफुलाई निर्वाचित गराउँन स्थानीयलाई आग्रहसमेत गरेका छन् ।

नानि बाबु गोदार थापाको संयोजकत्वमा भएको सास्कृतिक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश सदस्य श्यामसुन्दर कँडेल, जिल्ला उपसभापति निराजन बर्तौला, निर्वाचन परिचालन जिल्ला संयोजक नवराज पौडेल, र्यापिड एक्सन टीमका जिल्ला संयोजक राममणी न्यौपाने लागाएत स्थानीयको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*