गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार गाउँ देखि सिंह दरबार सम्म फैलियो–कमल थापा
मकवानपुर । नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार गाउँ देखि सिंह दरबार सम्म फैलिएको बताएका छन् ।
बिहिवार हेटौंडा ९ मा भएको कार्यक्रममा बोल्दै उम्मेदवार थापाले भ्रष्टाचार बढेका कारण देशको अवस्था कठिन र सङ्कटग्रस्त बन्दै गएको समेत बताएका छन् । गठबन्धनले देशको अर्थतन्त्र अत्यन्तै कमजोर र संकटग्रस्त बनाउदै लगेको उनको भनाइ छ ।
अहिले गरिब र धनिबिच खाडल झन् ठुलो हुँदै गएको भन्दै थापाले बेरोजगारी समस्या बिकराल रुपमा फैलिएको बताए । थापाले भने ‘यस्तै स्थिती बढ्दै गयो भने श्रीलंकाको जस्तो आर्थिक सङ्कट न आउला भन्न सकिन्न ।’
अहिले केपी ओलीको स्वभिमानी सरकार कि बिदेशी शक्तिको सहयोगमा कठपुतली सरकार बनाउने भन्ने नै मुख्य एजेन्डा रहेको उनले बताए । राष्ट्रिय स्वाभिमानी सरकार केपी ओलीको नेतृत्व हुने उनले बताए । थापाले भने – ‘गठबन्धनको प्रधानमन्त्री को भन्ने टुङ्गो छैन, यिनिहरुको झगडाले देश श्रीलंका बनाउन सक्छन् । थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेकोसमेत बताए ।







