आफ्नै कार्यकर्ताले देखाए ईन्द्र बानियाँलाई कालो झण्डा (भिडियोसहित)
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिध सभा क्षेत्र नम्बर २ (ख) प्रदेश सभा उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
बानियाँलाई आफ्नै करिब एक दर्जन कार्याकर्ताले कालो झण्डा देखाएका हुन् । मनहरी गाउँपालिका वडा नंबर १ को मानव धर्म आश्रममा देउसी भैलो कार्यक्रममो नाउँमा भएको गठवन्धनको कार्यक्रममा सहभागि हुन पुगेका बानियाँलाई कालो झण्डा देखाईएको नेपाली कांग्रेसका क्रियाशिल सदस्य विशाल उप्रेतीले बताए ।
उनले भने ‘सांसद भएपछि काम नगर्ने, झुटको खेति मात्र गर्ने, जनतालाई सधै झुटको बाचा गर्ने र पुनः यो गर्छु र त्यो गर्छु भन्दै चुनावमा भोट माग्न आएको कारण हामीले आज बानीयाँलाई कालो झण्डा देखाएका हौँ ।’ कालो झण्डा देखाउन कांग्रेसका स्थानीय युवानेता तथा क्रियाशिल सदस्यको सहभागिता रहेको उप्रेतीको भनाई छ ।







