दार्चुलाको घटनामा ओलीको प्रश्न– प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

अखबार हब
२०७९ कार्तिक १२, शनिबार १६:५६

काठमाडौँ । भारतबाट उछिटिएर आएको ढुंगाले लागेर ज्यान गुमाएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर प्रश्न सोधेका हुन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु भएको घटनामा दुःख व्यक्त गरेका हुन्।

शुक्रबार दार्चुलास्‍थित महाकालीपारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक कटान भइरहेको थियो। उक्त कटान गर्ने क्रममा विस्फोट गराउँदा उछिटिएर आएको ढुंगाले लागेर १४ वर्षीय पवनको मृत्यु भएको थियो।

ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय घाइते समेत भएका थिए।

यस घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि ओलीले माग गरेका छन्।

‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ उनले भने, ‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

यसमा तपाइको मत

Your email address will not be published.


*