मकवानपुरमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुर। मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती–५ कोइराला दमार नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मलामी गएर फर्केका अटोमा सवार बागमती ८ बस्ने राम बहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक बागमती ८ निवासी सिंह बहादुर योन्जन, अटोमा सवार सोही वीर बहादुर थोकर र लक्ष्मण राई घाइते भएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक इलाका प्रहरी कार्यालय फापरबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







