फास्टट्रयाक निर्माणको सामान चोरी गर्ने ४ जना प्रहरी नियन्त्रणमा

अखबार हब
२०७९ कार्तिक ४, शुक्रबार २०:५६

मकवानपुर । फास्टट्रयाक निर्माणको लागि राखिएको फलामका सामानहरु चोरी गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गए राति १ : ३० बजेको समयमा मकवानपुरको जितपुर भञ्ज्याङ स्थित काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि राखिएको फलामको सामनहरु चोरि गरि लैजादै गरेको अवस्थामा मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले समान चोरी गर्न प्रयोग गरेका ना ५ च १४४३ नम्बरको बोलेरो गाडी र बा ५५ च ८५०२ नम्बरको मोटरसाईकलसमेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बोलेरो चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ बस्ने वर्ष ३३ को ईन्द्रबहादुर बि.क, बोलेरो सवार बकैया गाउँपालिका वडा नम्बर–१२ बस्ने वर्ष २२ को अबिरल घलान, अर्का बोलेरो सवार सोहि स्थान बस्ने वर्ष २४ को दिनेश लामा बम्जन र सोहि स्थान बस्ने मोटरसाईकल चालक वर्ष ३२ को नारायणबहादुर मोक्तान रहेको प्रहरी उपरीक्षक कार्कीले बताए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*