ओलीले भने ‘लाइभ डिबेट’ मा आउन म तयार छु, देउवाजी नि ?

अखबार हब
२०७९ कार्तिक १, मंगलवार १६:१९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका छन्।

धेरै प्रयोगकर्ताले ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ‘लाइभ डिबेट’ हुनुपर्ने माग गरिरहेको ओलीको दाबी छ।

निर्वाचनका बेला पश्चिमा देशहरूले यस्तो लाइभ डिबेट गर्ने गर्छन्।

त्यस्तै लाइभ डिबेटका लागि आफू तयार भएको बताउँदै आज ओलीले फेसबुकमा लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’

यसमा तपाइको मत

Your email address will not be published.


*