आफ्नै निर्वाचन क्षेत्रमा चुनाव लड्न खतिवडा र मोक्तानलाई बर्तौलाको चुनौती
मकवानपुर । मंसिर–४ गते हुने निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले गठबन्धनका उम्मेदवारलाई आफ्नै क्षेत्रबाट निर्वाचन लड्न चुनौती दिएका छन् ।
आज मकवानपुरको थाहानगरपालिका वडा नम्बर ११ र १२ मा एमाले वडा कमिटिले आयोजना गरेको भेटघाट कार्याक्रममा बोल्दै बर्तौलाले गठबन्धनबाट उम्मेदवार बनेका विरोध खतिवडा र कुमारी मोक्तानलाई आफ्नै क्षेत्रबाट निर्वाचन लड्न चुनौती दिएका हुन् । ‘निर्वाचन लड्ने हो भने बिरोध र कुमारी जि आफ्नै निर्वाचन क्षेत्रमा लडे हुन्छ ।, प्रतिनिधि सभामा म माओबादी केन्द्र र काँग्रेसको साझा उम्मेदवार हुँ’ – उनले भने ।
विद्यार्थी राजनितिबाट आएकोलो सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नु आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए ।
सांसद बनेर एक थान फुलि थप्ने उद्ेश्यले आफु निर्वाचनमा होमिएको नभइ समग्र देशको विकास, नीति निमार्ण तथा जनताको सुख दुःखमासँगै साथ रहने चाहानाका साथ चुनान लडेको बताए । गठबन्धनको नाममा उम्मेदवार बनेकाहरु अघिल्लो निर्वाचन पछि ५ वर्षमा गाउँ नपसेको आरोप लगाएका छन् ।

आफु निर्वाचित भए पश्चात थानकोट चन्द्रागिरी चित्लाङ्ग सडक स्तरिकरण मुख्य प्राथमिता रहेको बताए । मुलाबारिमा राष्ट्रिय विभुति पार्क निमार्ण निमार्ण गरि थाहा नगरलाई पर्यटकको आकर्षण केन्द्र बनाउँने लक्ष रहेको उनले भनाई छ ।







