मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको उम्मेदवार छ : मन्त्री मोक्तान
मकवानपुर । बतागमती प्रदेशकी सामाजिक विकास मन्त्री एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताएकी छिन् । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले ५ वटै दलहरुको तर्फबाट उम्मेदवार बनेको कारण आफुहरु संयुक्त उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार हुनु नहुनु भन्दापनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकोले ५ वटै दलको सबै क्षेत्रमा उम्मेदवार भएको बताईन ।
मंसिर ४ गतेको चुनावपछी बन्ने गठबन्धनको सरकारमा आफ्नो दलको उपस्थिती सम्झेर पनि मत हाल्नको लागि मोक्तानले अनुरोध गरिन् । रगतसंग साँटेर ल्याएको ब्यबस्थाको कारण परिबर्तन सम्भब भएको उनको भनाई छ । ब्यबस्था परिबर्तन भएको तर अब अबस्था परिबर्तनमा आफु लागिपर्ने उनले बताइन् ।
सामाजिक बिभेदको अन्त्य गर्दै जनताको लागि जनताले नै संबिधान बनाएको र अब यहि संबिधानको रक्षाको लागि गठबन्धनको आबश्यक्ता रहेकोले गठबन्धन भएको मन्त्री मोक्तानले बताइन् ।







