मकवानपुर–२ मा भरतको इन्ट्रीले गुरु चेला ओझेलमा
मकवानपुर । मसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सरगर्मी मकवानपुरमा तिब्र रुपमा बढेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा विभिन्न राजनीतिक दल र स्वत्रन्त्र उम्मेदवारले आ– आफ्नो चुनाबी एजेण्डासहित चुनाबी अभियानलाई तिब्रता दिएका छन ।
निर्वाचनको सरगर्मी बढेसँगै उम्मेदवारहरु गाउँ पस्न थालेका छन् । मकवानपुरको दुई प्रनिधिसभा निर्वावाचन क्षेत्र मध्य २ नम्बर क्षेत्रमा अझ्बढी रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
उक्त क्षेत्रमा यो पटकको निर्वाचनमा एमालेका फ्रेस क्यान्डीडेट महेश बर्तौला, एमालेबाट चौइटिएर बनेको नेकपा एस तर्फको गठबन्धनका उम्मेदवार विरोध खतिवडा र पुराना काँग्रेस नेता हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका भरत पराजुली चुनावी प्रतिस्पर्धामा छन् ।
पराजुली मकवानपुरका लोकप्रिय विवादमा नमुछिएका नेता हुन भने खतिवडा ५ औं पटक सांसद बन्ने दाउमा उम्मेदवार बनेका हुन् । त्यस्तै बर्तौला एमालेको विद्यार्थी राजनितिबाट उदायका नेता हुन् । त्यसो त विरोध र महेश कुनै समयका गुरु चेला समेत हुन् । बर्तौला एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मकवानपुर जिल्ला अध्यक्ष हुदाको बखत नै खतिवडा मकवानपुरको सांसद थिए । त्यस समयको खतिवडाको चुनावी अभियानका कमाण्डर बर्तौला हुन् । यी घटना क्रमलाई हेर्दा पनि यस पटकको निर्वाचनमा गुरु चेला र पराजुली बिचको रोचक प्रतिस्पर्धा हुने निश्चित देखिन्छ ।
यस पटकको निर्वाचनमा मकवानपुरे जनताले विगत हेरेर भोट हाल्ने मनसायमा परिर्वत गर्ने बुझिएको छ । यो पटकको निर्वाचनमा पराजुली बलियो दाबेदारको रुपमा देखिएका छन् भने बिद्यार्थी राजनीति बाट राजनीति सुरु गरेका बर्तौला मकवानपुरका गाउँहरुमा नयाँ अनुहार रहेका कारण महेश लाई यो पटक को ससदीय यात्रा सहज भने पक्कै छैन । यता ४पटक सम्म ससदीय रस चाखेका खतिवडा जनता बाट टेस्टेड भै सकेका र सत्ता को वारी परि घुमेर पनि गाउँमा केहि नीति बिधि र भिजन दिन नसकेका आरोप खेप्दै आएका बिरोध पनि यो पटक को ससदीय यात्रा ब्रेक लाग्ने अनुमान मतदाताको रहेको छ । तिन दशक नेपाली कांग्रेसको राजनीति गरेका पराजुली कांग्रेसको राजनीतिमा कहिलै पनि अबसर पाएनन तर पनि सधै त्यस भेगका जनता को सारथि बनिरहे जनता को आवाज लाई बुलन्द पारि रहे यसर्थ पनि अब को पालो भरत पराजुली को नै हो भन्दै उत्साहाका साथ पराजुलीको चुनाबी प्रचारमा काँग्रेसकै कार्यकर्ता लागेका कारण पनि यो पटका गुरु चेला लाई पछार्दै पराजुली ससदीय यात्रामा लम्कने सम्भावना बढेको देखिन्छ ।
एमालेबाट बिरोध पटक–पटक सांसद हँुदा माखो मार्न नसक्नु र मतदाताको नजरमा नपर्नुले पराजुली गुरु चेलाको बीच हावी भएका हुन् । मकवानपुरको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको उम्मेदवार नहुनु माओवादीले गठबन्धन भित्र बिद्रोह गर्नु र एमाले भित्रका पुराना कार्यकर्ताले महेशलाई नचिन्नु नै पराजुलीको पल्ला भारि भएको मतदाता बताउछन । राक्सिराङ्गका मतदाता भन्छन् ‘बिरोध पटक–पटक साम्सद भए हाम्रो भेगका कयौँ जनता अनाहकमा गाजाको केशमा जेल परे त्यति बेला बिरोधको बोलि बन्द भयो अहिले गाउँमा झुटा अस्वासन दिदँै जेल परेकालाई छुटाउनु पर्छ भन्दै आएका छन्, तिनी सरकारमा हुदाँ यो बिषयमा किन बोल्न सकेन बिरोधको यस्तो सर्प ले काचुली फेरे जस्तो कुरा अब मतदाताले पत्याउँनसक्दैन् ।’ मकवानपुरको हरेक गाउँ–गाउको माटो संग खेलेका भरत पराजुली नै अबको बिकल्प रहेको मतदाता को भनाई रहेको छ ।







