घर दैलो अभियानमा भरत पराजुली

अखबार हब
२०७९ आश्विन २९, शनिबार २१:१३

मकवानपुर । मंसिर–४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका भरत पराजुलीले अफ्नो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।

चुनाव प्रचार प्रसारको घर दैलो अभियान अन्तरर्तगत आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १,२ र ३ नम्बर वडा मा आफ्नो प्रचार गरेका हुन् ।

प्रचार प्रसारको क्रममा जनाता आफुलाई भोत दिन आतुर भएको प्रतिक्रिया दिएका छन् । उनले यो निर्वाचनको उम्मेदवार आफू एक्लै नभएर मकवनपुर क्षेत्र न २ का परिवर्तन चाहने सबैजना रहेको बताउँदै मंसिर ४ मा हुने निर्वाचनमा आफुलाई नागरिकले जीताएर अनुमोदन गर्ने समेत दावी गरेका छन् ।

उक्त क्षेत्रमा गठबन्धन तर्फबाट नेकपा (एस)का उम्मेदवार विरोध खतिवडा, नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलासँग उनको प्रतिस्पर्धा हुने भएको छ ।

खतिवडा ५ औं पटक सांसद बन्ने दाउका साथ चुनावी मैदानमा होमिएका छन् भने बर्तौला एमालेको फ्रेस उम्मेदवार हुन् । पराजुली भने लामो समय नेपाली काँग्रेसमा राजनीति गरेर हाल पुर्व सञ्चारकर्मी रवी लामिछानेले नेतृत्व गरेको पार्टीबाट उम्मेदवार बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*