थाहानगरमा एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन

अखबार हब
२०७९ आश्विन २८, शुक्रबार १७:२९

मकवानपुर । नेकपा एमाले क्षेत्र नम्बर–२ को निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन् गरिएको छ । कार्यालय थाहानगर स्थित थानाबजारमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन् गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका एमालेका सल्लाहकार समितिका सदस्य पौडेलले यो निर्वाचान भनेको जिवन मरणको सवाल रहेको बताएका छन्। उनले भने––‘यो राष्ट्रलाई बचाउनेकी डुब्न दिने हो यसमा सबैले ध्यान दिन जरुरी छ । हामीले राष्ट्रलाई बचाउनेकी खरानी हुन दिने हो यसमा सबैले ध्यान दिन जरुरी रहेको छ ।’ यो निर्वाचनमा कसैलाई पनि हार्ने छुट नभएको पौडेलले बताए । कुनैपनि हालतमा निर्वाचन जीत्नै पर्नै बताए । व्यवस्थित ढंगले निर्वाचानमा जानका लागि यो कार्यालय खोलीएको उनले बताए ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधीसभाका क्षेत्र नम्बर–२ का उम्मेदवार संघीय निर्वाचन क्षेत्रको मंसिर ४ गतेको चुनावपछी आम नागरिकको मुहारमा चमक ल्याउने काम गर्ने बताएका छन् । पहिले स्थानीय तहको चुनावमा पनि पहिले काम गछौं भनेर प्रतिवद्धता गरेपनि चुनाब हारेपछी काम गर्न समस्या भएपछी काम गर्न नसकेकाले त्यो कामको जिम्मा अब आफुहरुले निले बताए। उम्मेदवार बतौंलाले भने–‘ आम नागरिकका लाग काम गरेर देखाउने उनले बताए । स्थानीय तहको चुनावमा पनि गरेका प्रतिवद्धाताहरु पुरा गर्नका लागि आफु लाग्ने बताए । हामी चुनाब जित्छौ र काम गर्ने छौं । सबै प्रतिवद्धाताहरु पुरा गरेरै छोड्ने छौं ।’

नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक बलराम बलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेताहरु अनन्त पौडेल, मकवानपुर क्षेत्र नबराज तिमल्सिना, बरिना बल, प्रदेश र जिल्ला कमिटीका नेताहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*