मानवसेवा आश्रम र आश्रममा आश्रितका समस्या बुझ्दै महेश बर्तौला
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमाले बाट उम्मेदवार बनेका महेश बर्तौला हेटौंडा–९ स्थित मानव सेवा आश्रम र आश्रममा आश्रितहरुको समस्या बुझ्न आश्रम पुगेका छन् ।
मानव सेवा आश्रमले भोग्नुपरेका समस्या र आश्रीतहरुमा परेका समस्या बुझ्न बर्तौला आज(सोमवार) उक्त स्थानमा पुगेका हुन् ।
आश्रममा पुगेका बर्तौलाई आगामी चुनावमा जितको शुभकाना दिदै सबै आश्रीतहरुका तर्फबाट रामजी अधिकारीले टिका र खादा लगाइदिएका थिए । साथै उनले मानव सेवा आश्रममा रहेका समस्या र आश्रीतहरुका समस्याका बारेमा धारणा राखेका थिए ।
नेपाललाई २०८२ साल सम्म सडक मानवमुक्त देश वनाउने अभियानमा आफुहरु लागिपरेको अधिकारीले बताए । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार बर्तौलाले मकवानपुर जिल्लामा मानसिक रोगीहरुको उपचार गर्नका लागि अस्पतालको खाचो रहेको बताए । मानसिक अस्पताल निर्माण गर्नका लागि आफ्नो पहल रहने बताए । आश्रमलाई परेका समस्या समाधान गर्नका लागि आफुले पहल गर्ने प्रतिवद्धता जाहेर गरे । उनले आश्रममा आश्रीतहरुलाई खाना समेत खुवाएका थिए ।







