भिमफेदी कारागारका कैदी बन्दीलाई पराजुलीले गरे खसी सहयोग

अखबार हब
२०७९ आश्विन १६, आईतवार २०:४६

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नं.२ का उम्मेदवार समेत रहेका भरत पराजुलीले भिमफेदी कारागारका कैदी बन्दीलाई खसी सहयोग गरेका छन ।

नेपालीहरुको माहान चाड बिजया दशमिको अवसरमा आज कारागार परिसरमा पुगेर पराजुली कैदि जीवन बिदाई रहेका कैदी बन्दी लाई खसी सहयोग गरेका हुन् ।

कैदि जीवन यापन गरिरहेकालाई चाड पर्वको शुभकामना दिदै उनले भने – “आज तपाईहरुको यो अबस्था आउनुमा देशको नेतृत्व गरिरहेकाहरु हुन् ।,सामान्य भन्दा सामान्य घरखर्च चलाउन आर्थिक अभाब ,बेरोजगारी भएपछि मनमा नकारात्मक कुराहरु खेल्छन तपाईहरुको मर्म मैले बुझेको छू ।””भएका उद्योग पनि धरासही भैसके धेरै उद्योग बेचेर खाई सके अब बाकी रहेका जग्गा बेच्ने तयारीमा छन, यो पुराना दलबाट हुने केहि छैन,जनताको अबस्ता कहीले परिबर्तन भएन ,तपाई एकपल्ट मत परिबर्तन गर्नुस हामी जनताको अबस्था अबस्य परिबर्तन गर्ने छौँ । ” उनले भने ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश सदस्य बिरेन्द्र थापा , जिल्ला सदस्य नबराज पौडेल , लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*