पौडी खेल्ने क्रममा हेटौंडाका तीन बालक बेपत्ता

अखबार हब
२०७९ आश्विन ७, शुक्रबार १९:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा १० देखि १२ वर्ष उमेर समूहका तीन जना बालक बेपत्ता भएका छन् ।

शुक्रबार साँझ ५:३० बजेतिर ४ जना बालकहरू पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको बताइएको छ ।खोलाबाट उद्धार गरिएका एक बालकले घटनाबारे जानकारी दिएका हुन् ।

हराइरहेका बालकहरूको वाग्मती प्रदेश प्रहरी कार्यलयबाट आएको उद्धार टोलीले खोजी गरिरहेको छ । सकुशल उद्धार गरिएका बालकका अनुसार उनीहरू हेटौंडा ८ कमानेबाट पौडी खेल्न आएका थिए ।

हराइरहेका बालकहरूको पहिचान हुन नसकेको खोजी कार्यमा संलग्न वडा प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*