भीमफेदीमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी जुरिखेतमा भर्खरै बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् ।
तत्कालै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा.३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईतेहरुलाई काठमाडौं पठाईएको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन् ।







