राप्रपा नेपालले गर्यो मकवानपुर–१ मा कमल थापालाई सिफारिस

अखबार हब
२०७९ भाद्र १८, शनिबार १९:२९

मकवानपुर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले मकवानपुर–१ बाट कमल थापाको नाम सिफारिस गरेको छ ।
थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नंबर १ बाट उम्मेदवार बनाउने निणर्य गर्दै उनको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्ला संयुक्त बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।

जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*