हेटौंडामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुर। हेटौंडा–१८ कठाएत चोकमा बोलेरोको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।
गएराति मदन भण्डारी लोकमार्ग अन्तर्गत ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नंबरको खालि बोलेरो पिकअप गाडिले सडक छेउमा रोकिएको बा ४४ प ३८०२ नंबरको मोटरसाईकलसंगै रहेका चालक पर्सा बिरगंज १ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारुलाई ठक्कर दिँदा गम्भीर घाईते भएका थारुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रवक्ता टेकबहादुर कार्की अनुसार ठक्कर दिने बोलेरो चालक फरार रहेको र खोजि कार्य भईरहेको छ ।







