डोजर लिएर राहदानी विभाग हिँडे बालेन

अखबार हब
२०७९ भाद्र १०, शुक्रबार १३:२१

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् ।

बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ ।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह ९बालेन० आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*