एक पटक राप्रपालाई जिताउन दीपक सिंहको आग्रह

अखबार हब
२०७९ भाद्र २, बिहीबार २१:३९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बहादुर सिंहले मकवानपुरमा राप्रपालाई जिताउन आग्रह गरेका छन् ।

बिहिवार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भेलालाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएका हुन् । अब कति पटक पुरानै दलका उम्मेदवारलाई निर्वाचन जिताउँदा जिल्ला बन्ने हो भन्दै प्रश्न गरेका सिंहले अबको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई जिताउँन उनले आग्रह समेत गरेका छन् । आफ्नो पार्टीले चुनाव जिते २० वर्षमा पनि गर्न नसकेका काम ३ वर्षमै गरेर देखाउने उनले दावी गरेका छन् ।

त्यस्तै राप्रपाका जिल्ला उपाध्यक्ष शंकर सिंह ठकुरीले पार्टीको चाम देशै भरि बढेको बताए । देशका सत्ता तथा प्रतिपक्ष दल समेत पार्टीको माहोल देखेर सल्बलाउन थालेको उनले दाबी गरे ।

साथै भेलाले लक्ष्मण मुडवरि र सह– संयोजकमा नारायण सुवेदीको संयोजकत्वमा अबको ७ दिन भित्रमा १३ वटा टोललाई समेटेर वडा कमिटी निर्माण गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष अर्जुन गौतम, शकर सिह ठकुरी, क्षेत्रीय सचिव विकास दुलाल, गाउँपालिका अध्यक्ष जयराम तिमलसिना, युवा अध्यक्ष केदार न्यौपाने, राप्रयुस जिल्ला सदस्य दिपेन्द्र दुलाल, राप्रबिस जिल्ला अध्यक्ष प्रकाश चौलगाई र समाजसेवी कृष्ण गौतम लगायतको सहभागिता रहेको थियो ।

राप्रपा मकवानपुरगढी गाउँपालिका वडा न ३ का अध्यक्ष लक्ष्मण मुडवरिको सभाध्यक्षतामा भेला सम्मपन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*