मकवानपुर क्षेत्र नं.२(ख) बाट निर्वाचन लड्ने तयारीमा काँग्रेस नेता पराजुली

अखबार हब
२०७९ श्रावण ३१, मंगलवार १६:१५

मकवानपुर । सरकारले आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै यति बेला जिल्लामा चुनावी सहगर्मी बढेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा यति बेला चुनावी माहोल तातेको हो ।

निर्वाचन हुन तीन महिना बाकी छदै मकवानपुरमा देशका प्रमुख राजनीतिक दल तथा स्वतन्त्र व्यक्तिहरु उम्मेदवारी घोषाणसँगै चुनावी कार्यक्रममा लागिसकेका छन् । चुनावी तयारी स्वरुप पार्टी कमिटीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका छन् भने सम्भावित उम्मेदवारको चर्चा पनि सुरु भैसकेको छ ।

यसैक्रममा मकवानपुरका पुराना काँग्रेस नेता भरत पराजुलीको समेत चर्चा सुरु भएको छ । सधै गन्तीमा पर्ने तर पार्टीको आन्तरिक भागबन्डाको क्रममा पछी हट्दै आएका पराजुली यसपालि भने मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं २ (ख) बाट निर्वाचनमा होमिने चर्चा चलेको हो । हालै सम्मपन्न स्थानीय तहको निर्वाचनमा समेत मनहरी गाउँपालिकाको अध्यक्षमा उठ्ने इच्छा देखाएका पराजुली पार्टीको आन्तरिक भागबन्डा मिलाउन भन्दै अध्यक्षको उम्मेदवार बन्न बाट पछी हट्नु परेको थियो ।

पार्टीको भागबन्डाका कारण सधै पछि पर्दै आएका पराजुली यसपालि भने पार्टीले टीकट दिए गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नं.२ को ख बाट प्रदेश सभामा निर्वाचन लड्ने तयारी गरेका छन् । उक्त क्षेत्र यस अघि काँग्रेस बागमती प्रदेश सभापनि इन्द्रबाहादुर बानियाँ निर्वाचित क्षेत्र भएको कारण पनि स्वक्षेत्र काँग्रेसको पकड मानिन्छ ।

पार्टीले टीकट दिएको खण्डमा उक्त स्थानबाट निर्वाचन लड्ने भन्दै सो स्थानका जनताले आफूलाई निर्वाचित गराउनेमा आफू ढुक्क रहेको समेत उनले बताए ।

एकजना काँग्रेसका नेताका अनुसार ‘पराजुली लाई उम्मेदवार बनाउँदा पार्टीलाई कुनै घाटा पर्दैन विपक्षी एमाले विरुद्ध सहज रुपमा प्रतिस्पर्धा गर्ने क्षमता उहासँग छ । अहिलेको माग सक्षम उम्मेदवारको रहेको भन्दै उनले पराजुलीलाई टिकट दिए एमाले विरुद्ध विजय हुने समेत दाबी गरे ।’

मनहरीका स्थायी बासिन्दा रहेका पराजुली काँग्रेसका पुराना तथा केन्द्रमा पहुँच राख्नसक्ने युवा माझ भिजेका नेता हुन् । २०४८ सालबाट काँग्रेसको सक्रिय राजनीतिमा होमियका पराजुलीले पार्टीको विभिन्न जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*