बाल जीवन ज्योतिमा १२ सम्म कक्षा सञ्चालन
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका स्थीत श्री बाल जीवन ज्योति माविमा कक्षा १२ सम्म कक्षा सञ्चालनमा आउने भएको छ । मनहरी गाउँपालिका वडा नम्बर १ मा रहेको उक्त विद्यालयमा पहिलो पटक कक्षा ११ र १२ सञ्चालनमा आउन लागेकोे हो । विद्यालयमा आज भएको एसइइ उत्तीर्ण विद्यार्थीसँगको अभिमुखिकरण कार्यक्रम मार्फत उक्त कुराको जानकारी गराएको हो ।
वि.सं २०१९ सालमा स्थापना भएको उत्त विद्यालयमा सरोकारवाला निकायको ध्यान नपुग्दा पछि पर्दै आएको थियो । विगत देखि नै १२ कक्षा सम्म अध्ययन गराउने प्रयास भएता पनि कमजोर भौतिक संरचणा, दक्ष जनशक्तिको अभाव लगायतका समस्याले कक्षा संचालन गर्न सकेको थिएन ।
विद्यालयको नेतृत्वमा शिवप्रसाद खनाल र यकराज गौतम आएसँगै विद्यालयले यस वर्ष उत्कृष्ट नतिजा ल्याएर गाउँपालिका भरमै सामुदायक विद्यालय मध्य सबै भन्दा राम्रो विद्यालय बन्न सफल भएको छ ।
‘हामी सँग अहिले सरदमुकामका गुणस्तरिय शिक्षा प्रदान गर्ने शिक्षकसँग तुलना गर्न सक्ने शिक्षकहरु हुनुहुन्छ । त्यसैले यो वर्ष कक्षा ११ सञ्चालन गर्ने तयारी गरेका हौँ ।–विद्यालयका प्रधानध्यापक यकराज गौतमले भने ।
यो वर्षबाट सञ्चालनमा आउन लागेको कक्षा ११ अन्तरगत बाणिज्य, शिक्षा, मानविकी संकायमा अनुभवी दक्ष शिक्षक शिक्षिका अध्यापन हुने प्रधानाध्यापक गौतमले बताए । अहिले भौतिक संरचनाको पनि सुविधा प्रशस्त छ । आफ्नो घरमा बसेर आफ्नै गाउँको विद्यालयमा पढ्न पाउने भएसँगै खुशी छौ । घर भन्दा टाढा बसेर पढ्दा बिभिन्न समस्या आईपर्थे ,अभिभावक लाई आर्थिक भार थपिन्थे अब त्यो समस्या हट्ने भएको छ । निर्धक्कले पढ्न पाउने भयो’ विद्यार्थीले बताए ।
गाउँकै विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्न पाउने भएसँगै विद्यार्थी मात्र नभएर अभिभावक पनि खुसी छन्, ‘आफ्ना बालबालिका सदरमुकाम हेटांैडा राखेर पढाउँदा घर भन्दा टाढा हुदा खर्चको अभाव, बिरामी हुदाको पीर ,कस्तो शिक्षा लीरहेका छन्, के कस्ता कुलदमा फशीरहेका छन्, यस्ता बिभिन्न समस्या यहाँका स्थानीयले झेल्दै आइरहेका थिय । ‘उच्च, गुणस्तरीय शिक्षा बिभिन्न सेवा सुविधाकोे खोजी गर्दा घरपरिवार को आर्थिक अभावका कारण कोठाभाडामा बसेका नानीबाबू गलत बाटो समाती हिडेका हाम्रो समाजमा धेरै भेटिन्छ । आफ्ना छोराछोरी अब आफ्ना घरपरिवारका साथ पढ्न पाउने भयपछि हामी अभिभाबक ढुक्क छौ , छोरा छोरी टाढा भयपछि सधैँ डर लाग्थ्यो अब ढुक्क हुने समय आएको छ ।’ एक अभिभावकले बताए ।
आफु कक्षा अध्यक्ष रहेको विद्यालयमा कक्षा १२ सम्म अध्ययन गराउने जिम्म दिएको अभिभावकलाई धन्यवाद दिदै, कक्षा सञ्चालनको क्रममा आइपर्ने समस्याको सामधानमा आफु लागि पर्ने खनालले बताए । ‘हामीले आर्थिक संकलनको समेत बनाइ सकेका छाँै, विद्यालयको शिक्षामा अझ थप गुणस्तर बनायर लैजाने छाँै, भौत्तिक संरचनाहरू बनाउँन अझ बढी मिहेनत गर्ने छु ’– उनले भने ।







