बिल पेश नै नगरी निजगढका १५ वटा विद्यालयलाई नगरपालिकाको ७० लाख (विवरणसहित)

अखबार हब
२०७९ श्रावण ११, बुधबार १९:३९

बारा । बाराको निजगढ नगरपालिकाले नगरमा रहेका सार्वजनिक विद्यालयलाई खर्चको बिल भरपाई नै पेश नगरी ७० लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको छ ।

नगरपालिकाले निकासा दिएको रकमबाट कुन प्रयोजनमा खर्च गरेको भन्ने पुष्टि गर्ने बिल भरपाई पेश नगरी पालिकामा रहेका १५ वटा विद्यालयलाई नगरपालिकाको कार्यलयले ७० लाख ५० हजार रुपैयाँ रकम भुक्तानी दिएको हो ।

पालिकाको विद्यालय शिक्षा अनुदानमा महालेखाको टिप्पणी

शिक्षा विभागबाट प्रकाशित कार्यन्वयन पुस्तिका अनुसार जिल्ला शिक्षा कार्यलयबाट अनुमति प्राप्त गरि संचालनमा रहेका र कुनै पनि दरबन्दी तथा राहात कोटा प्राप्त नगरेका विद्यालयलाई शिक्षक व्यवस्थापनको लागि स्थानीय तहले अनुदान दिने व्यवस्था छ । तर नियम विपरित निजगढ नगरपालिकामा रहेका सार्वजनिक विद्यालयलाई पालिकाले भौतिक निमार्ण, शिक्षकको तलब, फर्निचर खरिद, विद्यालयको कर्जा तिर्न, कक्षा कोठाको भौतिक स्तरको गुणस्तर जस्ता निजी प्रयोजनको लागि अनुदान दिएको भनेर पालिकाले खर्च लेखेको महालेखा परीक्षकको हालै प्रकाशित आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पालिकाबाट निजि शिक्षक तथा अन्य भौतिक सुधारको लागि बजेट विनियोजन नगरी दीर्घकालीन महत्व राख्ने योजनामा बजेट विनियोजन गरि खर्च लेख्नसमेत नगरपालिकालाई महालेखाले सुझाव दिएको छ ।

अनुदान लिएका विद्यालयहरु

यसमा तपाइको मत

Your email address will not be published.


*