मनहरीको चकरी – मकरी सडक खण्डको कालोपत्रे सर्वेक्षण सुरु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालीका अन्तरगतको चकरी–मकरी–लामीटार सडक खण्डमा कालोपत्रेको लागि सर्वेक्षणको कार्य सुरु भएको छ ।
मनहरीको १ देखि ३ नं वडा जोड्ने सडकमा कालोपत्रेको लागि सर्वेक्षण आज (बुधबार) चकरी मकरिमा भएको हो । प्रदेश सरकारबाट विनियोजित ९९ लाख ९९ हजार बजेटमा गाउँपालिकाले १ करोड थप गरी कुल १ करोड ९९ लाख ९९ हजारमा कालोपत्रेको काम सुरु गर्ने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
अनुमानित १७ किलोमिटर रहेको उक्त सडकखण्डमा वर्षेनी प्रदेश र संघबाट वजेट विनियोजन हुँदै आएको थियो । तर ग्रामिण भौगोलीक बनोटका कारण विनीयोजीत वजेट केवल ग्राभेलमा मात्रै सिमती रह्यो ।
वर्षेनी हिउँदमा ग्राभेल गर्ने बजेट सकाउने काम भयपनि वर्षामा बगाएर लैजाने हुँदा उक्त सडकखण्डमा बालुवामा पानि हालेझैँ भएको थियो । हिजो जत्ती बजेट प्रदेश , गाउँपालिका बाट छुट्टेपनि मनहरी १ लाई पछि पारियको वडाअध्यक्ष शिबप्रशाद खनालले भनाए छ । ‘अब पहिलेको जस्तो लामिटार बाट मात्र काम गरेर वजेट सक्काउने काम हुँदैन , नाम मनहरी १ जोड्ने सड़क भन्ने काम नहुने प्रवृदि को अन्त्य अबस्य हुन्छ । पालिका अध्यक्षले पनि यहाँका जनमासको गुनासो सुनी बिगतदेखी पिछडियको वडा र भौगोलीक हिसाबले पछि परेको वडा अब दुई तीर बाट बराबर काम हुने प्रतिबद्धता जायर गरे । अब १ करोड मात्र होइन यो बर्ष नै थप ८ किलोमीटर कालोपत्र गर्ने लक्ष्य गाउँपालिकाले लियको छ, प्रदेश र संघबाट बजेट माग गर्न म पालिका अध्यक्ष लाई सघाउने छू ।’ – उनले भने

हालको वजेटबाट कम्तीमा २ किलोमिटरमा १ किलोमीटर चकरी मकरी र १ किलोमीटर लामीटार बाट कालोपत्रे सुरु गर्ने योजना रहेको मनहरी गाउँपालिका अध्यक्ष कालाखेति बताए । सर्वेक्षण गर्दा ८ किलोमीटर गर्ने र यही बर्ष थप बजेट निकासा गरि जनताको समस्या हल गर्ने र यही वर्ष आसोज, कात्तिक सम्ममा ठेक्का प्रकृयामा अघि बढ्ने उनको भनाई छ ।







