नियम विपरीत सचिवालयको नाममा निजगढ नगरपालिकाले गर्यो ९ लाख भुक्तानी

अखबार हब
२०७९ श्रावण ११, बुधबार १४:३०

बारा । बाराको निजगढ नगरपालिकाले मेयर र उपमेयरको सचिवालयको नाममा नियम विपरीत  रमक भुत्तानी गरेको  पाइएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले कानुनी सल्लाहकार तथा स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छैन् । तर नगरको तत्कालीन प्रमुख सुरेश कुमार खनालले नियम विपरीत २ जना आफ्ना कार्यकर्तालाई स्वकीय सचिव र १ जना कानुनी सल्लाहकारको नाममा ९ लाख २५ हजार ८ सय ६० रुपैयाँ रकम नगरपालिकाबाट निकासा गराएका हुन् ।

महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार नगरपालिकाले स्वकीय सचिव २ जनालाई मासिक २६ हजार ६ सय १० रुपैयाँको दरले ६ लाख ९१ हजार ८ सय ६० रुपैयाँ भुक्तानी गरेको जनाएको छ । त्यस्तै तत्कालीन मेयर खनालको कानुनी सल्लाहकारको नाममा १ जनालाई मासिक १८ हजारको दरले २ लाख ३४ हजार भुक्तानी गरेको पाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*