मकवानपुरका थिङ प्रहरीको फन्दामा
मकवानपुर । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले शनिबार लागूऔषध गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ बस्ने ४० वर्षीय दुतराज थिङ रहेका छन् ।
उनलाई नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । धादिङ माधबबेसिबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८५२३ नम्वरको बसलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार थिङको साथबाट ५ केजी लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।







