मनहरीको जङ्गलमा स्याङ्तान मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा एक वृद्ध मृत अवस्थामा फेला परेको छ । मनहरी – १ गोवनपानीका ७२ वर्षिया वुद्धि बाहादुर स्याङ्तान मृत अवस्थामा फेला परेका हुन् ।
मंगलबार(हिजो) बाट हरायका स्याङतानको आफन्तले खोजि गर्ने क्रममा आज विहान घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय पदम पोखरीका प्रमुख अरविन्द्र यादवले जानकारी दिए ।
घटना स्थानबाट विषाधीको बोतलसमेत फेला परेकोले वृद्धले आत्म हात्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । शव पोष्टम्याटमको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।







