काँग्रेस संघीय सदस्य न्यौपानेले गरे पार्टी त्यागको घोषणा

अखबार हब
२०७९ असार २३, बिहीबार १२:२५

मकवानपुर । नेपाली काँग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ का संघीय सदस्य राममणि न्यौपानेले राजिनामा घोषणा गरेका छन् ।

विहिबार मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति लोक मोक्तानलाई राजिनामा बुझाउँदै आफुले काँग्रेस कृयाशिल सदस्य र संघीय सदस्य दुवैमा नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसको १४ औं माहाधिवेशन अन्तरगत आफुलाई पार्टीको संघीय सदस्यमा निर्वाचित गराउन सहयोग गरेकोमा पार्टी लाई धन्यवाद दिदै आजैको मितिबाट लागुहुने गरि पद तथा पार्टीको सदस्यबाट राजिनामा दिएको उनले बताए ।

राजिनामा पत्र सामाजिक सञ्जालमा राख्दै आज बाट नयाँ सोच र आफ्नो स्थानीय तहलाई अझ् बलियो बनाउन सहयोग पुर्याउने हेतुले राजिनामा दिएको उनले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*