विद्यार्थीलाई लियो क्लबको छात्रवृत्ति

अखबार हब
२०७९ असार १७, शुक्रबार १६:०५

मकवानपुर । लियो जिल्ला परिषद् ३२५ एस नेपाल अन्तर्गतका रिजन तथा क्लबहरुले विद्यालय र बाल केन्द्रमा छात्रवृत्ति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

जुलाई १ बाट लायन वर्ष २०२२÷२३ को नयाँ कार्यकाल शुभारम्भ भएसँगै शुक्रबार लियो जिल्ला परिषद् ३२५ एसको बनस्खण्डी, चुरियामाइ र त्रिखण्डी रिजन अन्तर्गतका क्लबहरुको सहभागीतामा छात्रवृत्ति तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम भएको छ ।

पहिलो कार्यक्रम बनस्खण्डी रिजन अन्तर्गतका क्लबहरु लियो क्लब अफ हेटौंडा लर्डबुद्ध, हेटौंडा बजार लियो क्लब, लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिक, लियो क्लब अफ हेटौंडा र लियो क्लब अफ हेटौंडा भुटनदेवी सेनटेनियलको संयुक्त आयोजनामा हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको कक्षा–४ मा अध्ययनरत एक छात्रलाई छात्रवृत्ति प्रदान गरेको छ ।

हेटौंडा बजार लियो क्लबका अध्यक्ष सुरज भट्टराईको संयोजकत्वमा भएको छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा लियो लर्डबुद्धका अध्यक्ष आशिष शाक्यको सभाध्यक्षता तथा विद्यालयका अध्यक्ष प्रदीप पराजुलीको प्रमुख आतिथ्यता एवम् विभिन्न लियो क्लबका अध्यक्षहरुको सहभागीता रहेको कार्यक्रम संचालक लियो हेटौंडा सुर्योदय क्लासिकका अध्यक्ष प्रबेश धिताल ’कुन्दन’ले बताए ।

दोस्रो कार्यक्रम भने चुरियामाइ रिजनका चेयर पर्सन प्रतिक कोइरालाको सभाध्यक्षतामा त्यस रिजन अन्तर्गतका क्लबहरु लियो क्लब अफ हेटौंडा ग्रीन सिटी, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन, लियो क्लब अफ हेटौंडा लर्डबुद्ध पिस, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ वरियर, लियो क्लब अफ हेटौंडा पाथिभरा, लियो क्लब अफ हेटौंडा सुर्योदय राइजिङ र लियो क्लब अफ मकवानपुर इन्टरप्रेनरको संयुक्त आयोजनामा हेटौंडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयको कक्षा–८ मा अध्ययनरत एक छात्रलाई हेटौंडा–९ का वडा सदस्य विष्णु राना मगर र विद्यालयकी सहायक प्रधानाध्यापक मोनिका काफ्लेको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो ।

त्यसैगरी तेस्रो कार्यक्रम भने त्रिखण्डी रिजनकी चेयरपर्सन मेनुका लामा ब्लोनको सभाध्यक्षतामा त्यस रिजन अन्तर्गतका क्लबहरु लियो क्लब अफ हेटौंडा भुटनदेवी, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ, लियो क्लब अफ मकवानपुर हेटौंडा मेट्रोसिटी, लियो क्लब अफ हेटौंडा सुर्योदय, लियो क्लब अफ मकवानपुर डाइमण्ड र लियो क्लब अफ हेटौंडा नारायणी मलको संयुक्त आयोजनामा हेटौंडा–१४ स्थित अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई ६ दर्जन कापी हस्तान्तरण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*