राजनीतिक खटपट नभएको भए सीमा समस्या समाप्त भइसक्थो : ओली

अखबार हब
२०७९ असार ७, मंगलवार १३:२७

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक खटपट नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत समस्या समाप्त भइसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूत समूहसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

“नेपालको राजनीतिमा खटपट नभएको भए लिपुलेक, लिम्पियाधुरा कालापानी वा अन्य सीमाका समस्या अहिलेसम्म समाप्त भइसकेका हुन्थे भन्ने मलाई लाग्छ,” उनले भने ।

ओलीले आफूले मित्रता सुदृढ गर्नका लागि छिमेकी देशसँग कुरा अघि बढाएको स्मरण गरे । सीमा समस्या समाधानका लागि खुलस्त वार्ता गर्नुपर्नेमा जोड दिए । राष्ट्रियताका विषयमा समझदारी नभए धेरै कुरा गुम्ने पनि उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*