समाचार प्रभाव : एकाएक बढ्यो क्षितिज सहकारीको दूध खरिद मूल्य
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ स्थित दुग्ध सरकारीले किसान ठग्ने गरेको रहस्य प्रष्ट देखिएको छ । अखबार हब डट कममा २१ जेठमा मनहरी १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीले दूध जाच्ने मेसिन बिगारेर किसान ठग्ने गरेको भन्ने समाचार प्रकाशन गरेको दुई दिन नबित्दै सहकारीको दूध खरिद मूल्यमा एकाएक वृद्धि भएको हो ।
दूध जाँच गर्ने मेसिन बिगारी सोझा किसानलाई विगत केही वर्ष देखि लाखौं रकम सहकारीले ठग्दै आएको भन्ने गुनासो आएसँगै अखबार हबले २१ जेठमा सहकारीमा इंस्ट्रिङ अप्रेसन गरेको थियो ।
समाचार प्रकाशन गरेसँगै आज (मंगलबार) किसानले बिक्री गरेको दूधमा २८ रुपैँया सम्म वृद्धि भएको छ । एकाएक दूधको मूल्यमा फरक आएसँगै सहकारीको व्यवस्थापन समितिको साठगाठमा किसानहरुलाई विगत केही वर्ष देखि ठग्दै आएको प्रष्ट भएको हो ।

किसानहरूले विगत केहि महिना अघिदेखि सहकारीका अध्यक्ष देवराज भण्डारी, व्यवस्थापक गुरुप्रसाद रिजाललाई जानकारी गराए पनि सुनवाई नभएपछि किसानहरुले अखबार हब टिमलाई जानकारी गराएका थिए । त्यस पश्चात हामीले सत्य तथ्य बाहिर ल्याउने कोसिस गरेका थियौं । अखबार हब टिमले जेठ २१ गते गरेको इष्टिङ अप्रेसनमा दूधको मूल्यमा प्रतिलिटर १२ रुपियाँसम्म फरक परेको थियो । त्यस्तै जेठ २२ गते स्थानीय जनप्रतिनिधि र स्थानीय किसानहरुको सहभागितामा फरक फरक तिन वटा डेरीमा एकै गुणस्तरको दुध जाँच गर्दा प्रतिलिटर १६ रुपैयाँसम्म फरक मूल्य आएको थियो ।
मूल्य फरक परेसँगै किसानहरूले क्षितिज दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्षलाई यस्तो किन भइरहेको छ भनी सोध्दा हामीलाई केही जानकारी छैन भन्दै पन्छिएका थिए ।
२०६६ सालमा स्थापना भएको उक्त संस्थामा २ सय ५० जना कृषकहरूले दूध बिक्री गर्ने गरेका छन् । विगत ३ वर्ष यता किसानहरुले दूधको मूल्यमा समस्या देखिसकेपछि पटकपटक किसानहरूले आक्रोश व्यक्त गर्ने गरेका छन् ।
आफ्नै भवनमा खोलिएको दाना र भेटनरी व्यवसायीसँग भाडा असुल्न सहकारीको आनाकानी, प्रतीक्षा गर्नुहोस् ।







