मनहरीमा चट्याङ लागेर एक महिलाको मृत्यु

अखबार हब
२०७९ जेष्ठ २४, मंगलवार १०:५२

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ परेको चट्याङ लागेर मनहरी गाउँपालिका वडा नंबर ६ हिलादमारकी स्थानीय ३७ वर्षीया जमुना माया मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मुक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*