थाहा नगर कार्यपालिकाको पहिलो बैठक सम्पन्न, उत्कृष्ट योजना सम्पन्न गर्ने वडालाई पुरस्कृत गर्ने

अखबार हब
२०७९ जेष्ठ १८, बुधबार ११:२५

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित थाहा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक मंगलबार सम्पन्न भएको छ ।

नव निर्वाचित नगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले नगरको बिषयगत समितिको गठन संगै असार १० गते ११ औं नगर सभा गर्ने निर्णय गरेको छ ।

नगर सभाको लागि वडागत योजना छनौटका लागि जेठ २७ गते वडा भेला गर्नेसमेत निर्णय गरेको कार्यपालिका सदस्य तथा ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताए।

साथै बैठकले वडागत रुपमा बजेट सिलिङसमेत निर्धारण गरेको छ । बैठकले वडा नम्बर १,२,३,६,९ र १० मा १ करोड, ४ र ५ मा १ करोड १० लाख, ७,८,११ र १२ मा १ करोड २० लाख रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ ।

नगर कार्यपालिका कार्यालयमा बसेको बैठकले स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

कार्यपालिका बैठकले आ.व. २०७९÷०८० मा संचालन हुने योजना मध्य चाँडो र प्रभावकारी ढंगले सम्पन्न गर्ने वडालाई १५ लाख रुपैयाँ थप रकम पुर्वाधार विकासमा खर्च गर्ने गरी पुरष्कृत गर्ने निर्णय गरेको नगरप्रमुख बिष्टले बताए।

प्रमुख बिष्टले थाहा नगरपालिकाको सफल कार्यकाल पुरागरि निवर्तमान भएका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सहित असल अभ्यासको अनुसरण गर्ने निर्णय गरेको बताए ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published.


*