नागरिकता विधेयक सहमतिमा अघि बढ्छः प्रधानमन्त्री देउवा

अखबार हब
२०७९ जेष्ठ १४, शनिबार २०:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक सबै दलको सहमतिमा अघि बढ्ने बताएका छन्।

उनले नागरिकता नपाउनेहरुलाई अन्याय भएकाले यसमा अब सबै दलबीच सहमति हुनुपर्ने बताए। उनले सात वर्ष वा अन्य कति चाहिने हो त्यसमा राष्ट्रिय सहमति गरिने बताए। लामो समयदेखि संसदमा रोकिएको नागरिकता विधेयक अघि बढाउने विषयमा सोधिएको प्रश्नमा देउवाले यस्तो जवाफ दिएका हुन्।

उनले डडेलधुरामा मेडिकल कलेज स्थापना सम्वन्धमा विवाद नगर्न आग्रह गरे। उनले त्यहाँ पनि आवश्यक भएकाले कलेज स्थापना गर्ने विषय राखिएको उल्लेख गर्दै भने, ‘त्यहाँचाहिँ बन्न हुँदैन भने फरक हो तर त्यहाँ पनि आवश्यक छ।’

यसमा तपाइको मत

Your email address will not be published.


*