इन्धनको मूल्यमा भारी वृद्धि : पेट्रोलको मूल्य १८० पुग्यो, खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ

अखबार हब
२०७९ जेष्ठ ८, आईतवार २१:३४

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।

योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ पुगेको छ । साथै हवाई इन्धनको मूल्यमा वृद्धि गरिएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य पनि बढेको छ । ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँले बढाइएको छ । अब ग्याँसलाई प्रतिसिलिन्डर १८०० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*