सुरेश खनाल हराउन अन्तर्घात गरेको भन्दै निजगढका ७ जना काँग्रेस नेतामाथि कारवाहीको माग

अखबार हब
२०७९ जेष्ठ ७, शनिबार २३:३७

बारा । स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसको नगर समितिले महासमिति सदस्य लगायतका नेता तथा कार्यकर्तालाई कारवाही गर्न सिफरिस गरेको छ ।

नेपाली कांग्रेस निजगढ नगर समितिले स्थानीय निर्वाचनमा पार्टीको हित विपरित कार्य गरेको भन्दै महासमिति सदस्य शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुवँरसहित सात जना नेता तथा कार्यकर्तालाई कारवाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हो ।

शुक्रवार बसेको नगरसमितिको बैठकले नेपाली कांग्रेसको हित विपरित कार्य गरेको भन्दै कारवाहीको लागि सिफारिस गरेको हो ।

कारवाही पर्ने अन्य नेताहरुमा बारा जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बारा क्षेत्र नम्बर १ क्षेत्रीय समितिका सहसचिव प्रदीपकुमार उप्रेती र जिल्ला समितिका पूर्वसदस्य रामचन्द्र जैसवाल छन् ।

उनीहरुले निजगढ नगरपालिकाको मेयर पदका उम्मेदवार सुरेश खनाललाई हराउन भूमिका खेलको प्रमाण फेला परेकोले कारवाहीको लागि सिफारिस गरिएको नेपाली काँग्रेस निजगढ नगर सभापति नवराज तिमल्सीनाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*