थापाको विजयमा उत्साहित युवा व्यवसायी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रामकृष्ण थापा विजयी भएसँगै स्थानीय युवा उत्साहित बनेका छन् ।
हेटौंडा ८ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार बोलबाहादुर कार्कीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । कार्कीको जीतपछि वडाका स्थानीय युवा व्यवसायीले थापालाई बधाईसमेत दिएका छन् ।
स्थानीय युवा व्यवसायी सरोज श्रेष्ठले थापा अध्यक्षमा निर्वाचित भएकोमा आफुहरु उत्साहित भएको बताएका छन् । युवा व्यवसायीको समस्या अध्यक्ष थापाले सामाधानको निम्ती पहल गर्नेमा विश्वस्त गरेको उनले बताए ।







