इन्द्रसरोवरका नवनिर्वाचित जनप्रतिनिधीले लिए सपथ
मकवानपुर । उत्तरी मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवकृष्ण पुडासैनीले ५ वटै वडाका निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
शनिवारका एक कार्यक्रमकाबीच बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको हो । उक्त कार्यक्रमकै बीच नवनिर्वाचित गाउँपालिका अध्यक्ष पुडासैनी र उपाध्यक्ष लामाले पदभारसमेत ग्रहण गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष उमाकुमारी लामा, वडा नं. १ का अध्यक्ष सुवास थापा मगर, वडा नं.२ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष प्रताप भोम्जन, वडा नं. ४ का अध्यक्ष चन्द्र कुमार बल, वडा नं. ५ का अध्यक्ष दुतराज तितुङ सहित सबै वडाका वडा सदस्यहरु, निवर्तमान जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।




















तस्वीरः रेडियो इन्द्रसरोवर







