पोखरामा ८० हजार मतगणना गर्दा कसलाई कति मत ?
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ८० हजार १५४ मतगणा हुँदासम्म आचार्यले आफ्नो अग्रता कायम राखेका छन् । आचार्यले ३२ हजार ४८० मत पाएका छन् ।
उनलाई एमालेका कृष्णबहादुर थापाले २९ हजार ४१ मतसहित पछ्याइरहेका छन् ।
त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ३२ हजार ९५९ मत पाएकी छन् । एमालेकी मञ्जुदेवी गुरुङले ३३ हजार २२१ मत पाएकी छन् ।







