एमालेका दीपक खड्का भारी मतअन्तरले विजयी
मकवानपुर । हेटौंडा उपमहानगपालिकाको वडा नंबर १४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपक खड्का भारी मतअन्तरका साथ विजयी भएका छन् ।
उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार ज्ञानेन्द्र मुक्तानलाई ६ सय ३६ मतको अन्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । खड्काले १ हजार ७ सय ८२ मत प्राप्त गरेका छन् भने मुक्तानले १ हजार १ सय ४६ मत पाएका छन् ।
हेटौंडा–१४ को अन्तिम ३ हजार १ सय १० मतगणना गर्दा
प्रमुख
सुर्य १६२३
कलम १०४८
हलो १८७
उपमेयर
सुर्य १७८४
रुख १०३४
हलो ७६
वडा अध्यक्ष
सुर्य १७८२
गठबन्धन ११४६
हलो १४







