हेटौंडा ५ को ४ हजार ४ सय ४६ मत गन्दा राप्रपाको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को मतगणना जारी छ । ४ हजार ४ सय ४६ मत गनणा हुदा सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई ११५५, गठबन्धनकी मीना लामालाई १०६३ र राप्रपाका दीपकबहादुर सिंहलाई १६७५ मत प्राप्त भएको छ ।
त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई २५९५, एमालेकी सुमित्रा काफ्लेलाई १०५१ मत प्राप्त भएको छ । त्यस्तै वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई ११६०, एमालेका उम्मेदवारको २१३५ प्राप्त गरेका छन् ।







