मकवानपुरको बकैयामा गठबन्धन विजयी

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार ११:३६

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गठबन्धनले जितेको छ । नेकपा एमालेका प्रमुख, उपप्रमुख उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेस र माओवादी केन्द्रले जितेको हो ।

प्रमुखम कांग्रेसका उम्मेदवार धर्म लामिछाने र उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । २०७४ मा पनि प्रमुखमा काँग्रेस विजयी भएको थियो । २१ हजार ७ सय ७१ मत गणना गरिएको बकैया प्रमुखमा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार २ सय ९२ मत ल्याएका छन् ।

पराजित एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् । बोलखे यसअघि उपप्रमुख थिइन् । उपप्रमुखमा निर्वाचित खत्रीले ९ हजार ५ सय २२ मत प्राप्त गरे । एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६ सय ५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*