थाहा नगरपालिकामा गठबन्धन विजयी

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार ०९:४८

मकवानपुर। मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्‍णु वहादुर विष्‍ट ९७१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अचुतम प्रसाद ढकालले ७७७१ मत ल्याए ।

यसैगरि,उपमेयरमा गठबन्धनबाट नेपाली कांगेसका भरत गोपाली ८६०७ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्‍पना वलामीले ८५२२ मत ल्याईन् ।

यसअघि,मकवानपुरको कैलाश,राक्सिराङ,मकवानपुगढी र बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*